चितवन, पुस ५। संघीय संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई उनकै पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगामीको संज्ञा दिएका छन्। आइतबार ट्विट गर्दै नेता श्रेष्ठले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक,अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको टिप्पणी गरेका हुन् । उनले उक्त सिफारिस लागू हुन नसक्ने ठोकुवासमेत गरेका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। बैठकपछि प्रधानमन्त्री ओली शीतल निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी वैशाख २३ मा आमचुनावको प्रस्तावसमेत गरेका छन्।
प्रधानमन्त्रीको उक्त कदमविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरुलाई एक हुन पनि नेता श्रेष्ठले आह्वान गरेका छन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











