काठमाडौं, पुस ४ । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ। बारको नयाँ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा छन्।
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले गरेका छन्। यस्तै वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन्।
वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य कानूनी र प्राध्यापनमा पनि संलग्न छन्। सर्वोच्च बारमा जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दैछन्। अहिले बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ।
Facebook Comments


























