मंसिर २९ । घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ। वेलिङ्गटनमा सोमबार दोस्रो टेस्टमा एक इनिङ्स र १२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २-० ले जितेको हो।
न्युजिल्याण्डविरुद्ध दोस्रो इनिङ्समा वेस्ट इन्डिज ३ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो। फलो अनमा परेको वेस्ट इन्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए। यस्तै कप्तान जासन होल्डरले ६१ रन जोड्दा जोसुवा डा सिल्भाले ५७ रन जोडे।न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३/३ विकेट लिए। टिम साउथी र केली जेमिसनले २/२ विकेट लिए।
यस अघि पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इन्डिजलाई पुनस् ब्याटिङमा पठाएको थियो। पहिलो इनिङ्समा वेस्ट इन्डिजका जेर्मिने ब्लाकवुडले सर्वाधिक ६९ रन बनाएका थिए। न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ५/५ विकेट लिएका थिए। घरेलु टोलीले भने पहिलो इनिङ्समा ४ सय ६० रन बनाएको थियो।
न्युजिल्याण्डको उच्च स्कोरमा हेनरी निकोलसले १ सय ७४ रनको शतकीय इनिङ्स खेले। त्यस्तै निल वाग्नेरले अविजित ६६ रन जोड्दा विल योङ्ले ४३ रन बनाए। वेस्ट इन्डिजका अल्जारी जोसेप र शानन ग्राबियलले ३/३ विकेट लिए। यस अघि पहिलो टेस्टमा न्युजिल्याण्डले एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको थियो। एजेन्सी


























