काठमाडौं, मंसिर २९ । सोमबार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँ पर्नेछ। सोही परिमाणको तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार हुनेछ। यता, चाँदीको भाउ भने आज पनि स्थिर देखिएको छ। आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
Facebook Comments


























