नवलपरासी, मंसिर २८ । नवलपरासीको कावासोती नगरपालिका(३ बाट नौ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा घरधनी गमबहादुर सिञ्जाली पनि रहेका छन्। शनिबार दिउँसो तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले एक लाख ६८ हजार ९१० रूपैयाँ र एक बुक तास बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरूविरुद्ध जुवातास ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























