रौतहट, मंसिर २७ । पछिल्लो केही दिनदेखि तराईमा बढेको चिसोको कारण रौतहटमा कठ्याङ्ग्रिएर एक पुरुषको मृत्यु भएको छ। अत्यधिक चिसोको कारण कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ वर्षीय सुखारी सिंहको शनिबार मृत्यु भएको हो।
मृतक सिंह श्रीमतिसँगै बिगत केही समयदेखि चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजारस्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए। सोही घरको पेटीमा सुतेको ठाउँमा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।
Facebook Comments


























