मोरङ, मंसिर २७ । अबैध भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। शुक्रबार विराटनगर महानगरपालिका – १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो।
एक लाख ९९ हजार रुपैयाँसहित भारतको पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई नेपाल प्रवेश गरेलगतै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए। पक्राउ परेकाको साथबाट भारतीय रुपैयाँ ५०० को नोट ३ सय ९० वटा र दुई हजारको दुईवटा फेला परेको थियो।
Facebook Comments


























