चितवन, मसिर २७ । गौतमबुद्ध कप क्रिकेटमा टिम वागमतीले नारायणीलाई ११८ रनको लक्ष्य दिएको छ। चितवनस्थित गौतमबुद्ध क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो। वागमतीका लागि सुनिल धमला र बिक्रम सोबले सर्वाधिक ३७–३७ रनको योगदान गरे। त्यस्तै रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन्।
बलिङतर्फ नारायणीका लागि शाहव आलमले सार्वाधिक तीन विकेट लिए। त्यस्तै दिपेश श्रेष्ठले दुई विकेट लिए। नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए। आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन्। त्रिकोणत्म सिरिजमा तीन टोली रहेका छन्। हरेक टोलीले एक अर्कासँग खेल्दै शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।
Facebook Comments


























