काठमाडौं, मंसिर २७ । ट्वीटरले बिहीबार आफ्नो मोबाइल एपमा नयाँ फिचर ल्याएको छ। यससँगै अब ट्वीटर प्रयोगकर्ताहरुले आफ्नो ट्वीट स्नापच्याटमा शेयर गर्न सक्ने भएका छन्।
दुवै कम्पनीले आफ्नो साइटमा इंगेजमेन्ट बढाउन पछिल्लो पटक क्रस मिडिया इंगेजमेन्टको अभ्यास गरेका हुन्। यससँगै अब आईओएस प्लेटफर्मका प्रयोगकर्ताहरुले पनि स्टोरीमा ट्वीट पोस्ट गर्न वा स्नापच्याटमा व्यक्तिगत म्यासेजको रुपमा पठाउन सक्नेछन्।
यसका लागि ट्वीटरको शेयर आइकनमा त्यस किसिमको अप्सन पाउन सकिनेछ। कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत यस किसिमको फिचर रोलआउट गर्ने योजना बनाएको छ। ट्वीटरले आईओएस प्रयोगकर्ताका लागि इन्स्टाग्राममा समेत यस्तै किसिमका स्टोरी फिचर पोस्ट गर्नमिल्ने गरी काम भइरहेको बताएको छ।
Facebook Comments


























