मंसिर २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ। फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन्।
युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ। लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए।
रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए। यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायमै राखेका छन्। एजेन्सी
Facebook Comments


























