चितवन, मंसिर २७ । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता आज (शनिबार)बाट चितवनमा सुरु हुदैछ। भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुन लागेको प्रतियोगितामा तीन टिम समावेश छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी सहित विभिन्न उमेर समूहका खेलाडी र चितवनका स्थानीय खेलाडीलाई टोलीमा समावेश गरिएको छ।
सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन शनिबार बागमती र र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो दिन बागमती र राप्ती तथा अन्त्मि तेस्रो दिन राप्ती र नारायणी टिमबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन्।
मैदानको पिच र मौसम अनुसार टी–ट्वान्टी ढाँचामा खेलाउन लागिएको प्रतियोगितालाई भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको हो। कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो।


























