काठमाडौं, मंसिर २६ । प्रहरीले काठमाडौँको स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर– १५ स्वयम्भूको किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
उनीहरूमाथि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन– २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments


























