सिरहा, मंसिर २५ । सिरहामा अज्ञात समूहद्वारा ४ लाख रुपैयाँ लुटपाट भएको छ। लहान नगरपालिका १९ कटहा चोकबाट सोही नगरपालिका २३ बस्ने जागेश्वर यादवको नगद ४ लाख रुपैयाँ लुटपाट भएको हो।
जन उत्थान लघुवित्त संस्था लहानबाट उक्त नगद निकाली साइकलमा घरतर्फ जाँदै गरेका यादवलाई नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटेर फरार भएको बताइएको छ। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























