मंसिर २४ । नायिका कृती सेननले आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन्। सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह अनुसार आफू घरमै आइसोलेसनमा रहेको उनले जानकारी दिएकी छिन्। नायक राजकुमार रावसँग नयाँ चलचित्रको छायांकनका लागि कृती चन्डीगढमा थिइन्। कोरोना पोजिटिभ देखिएपछि उनी मुम्बई फर्किएकी थिइन्।
कृती अर्को बर्षसम्मका लागि पूर्ण रुपमा व्यस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। उनीसँग आधा दर्जन प्रोजेक्ट छन्। कृतीले आफू बीएमसी र डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्ने भन्दै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।
कृतीले आफू कोरोनामुक्त भएपछि काममा फर्किने उल्लेख गरेकी छिन्। कृतीले कोरोना महामारी नसकिएसम्म होसियार रहन आफ्ना फ्यानहरुलाई आग्रह पनि गरेकी छिन्। नायक बरुण धवन, कलाकार नितु कपुर पनि चलचित्रको छायांकनका क्रममा कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











