मंसिर २३ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ। यूईएफएले सोमबार राति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो।
सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ। छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ। समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन्। समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन्।
Facebook Comments
























