मंसिर २३ । प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले ब्राइटोनलाई पराजित गरेको छ। सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको हो। बराबरीतर्फ उन्मुख खेलमा ड्यानी इग्सले साउथह्याम्टनका लागि विजयी गोल गरेका थिए।
खेलमा अग्रता २६ औं मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। खेल सकिन ९ मिनेट अघि ड्यानी इग्सले साउथह्याम्टनलाई महत्वपूर्ण तीन अंक दिलाए।
जितपछि साउथह्याम्टन २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ। ब्राइटोन १० अंक सहित तालिकाको १६ औं स्थानमा छ। एजेन्सी
Facebook Comments
























