मंसिर २२ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज साउथह्याम्पटनले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ। साउथह्याम्पटनले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ। घरेलु मैदानमा साउथह्याम्पटन सहज जित निकाल्ने योजनामा हुनेछ।
यस्तै साउथह्याम्पटन ब्राइटनलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ। साउथह्याम्पटन १७ अंक जोडेर आठौं स्थानमा रहेको छ। घरेलु मैदानमा ब्राइटनलाई हराएमा साउथह्याम्पटन पाँचौं स्थानमा उक्लने छ। ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ। ब्राइटन पनि साउथह्याम्पटनलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। एजेन्सी
Facebook Comments
























