रौतहट, मंसिर २२ । गत वर्ष २०६४ को संविधान सभाको चुनावको अघिल्लो दिन भएको राजपुर बम काण्डका आरोपित नेपाली काँग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताब आलम पनि पक्राउ परेका छन्।
संसद आलम पक्राउ परे पछि महताफ फरार थिए। पक्राउ परेको बिषय रौतहट प्रहरीले सार्वजनिक गरेको छैन। भारतीय प्रहरीसँगको समन्वयमा भारतको बिहार स्थित मोतिहारी जिल्लाबाट उनलाई पक्राउ गरेर रौतहट ल्याइँदै छ।
२०६४ चैत्र २७ मा आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो। बिस्फोटनमा घाइते भएका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसिअक्तर मियाँलाई घाइते अवस्थामा जिउँदै इटाभट्टामा जलाएको आरोप छ। मुख्य आरोपी भनिएका संसद अफताब आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए। संसद आलम हाल कारागारमा छन्। ११ जना आरोपीमध्ये पाँच जना पक्राउ परेका छन्।
Facebook Comments


























