मंसिर २२ । स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा सोसिडाड डिपोर्टिभो अलाभेससँग गोलरहित बराबरीमा रोकिएको हो। अलाभेसको मैदानमा बल पोजिसनमा पकड जमाएपनि सोसिडाडले गोल गर्न सकेन्।
यस्तै घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। खेलको ६१ औं मिनेटमा रोड्रिगो आन्द्रेसले रातो कार्ड पाएपछि अलाभेस १० खेलाडीमा समेटिएको थियो।
अलाभेससँग बराबरीमा रोकिएपछि सोसिडाडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
सोसिडाड २५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अलाभेस १४ अंक जोडेर ११ औं स्थानमा रहेको छ। अर्को खेलमा भिल्ला रियलले इल्चेसँग गोलरहित बराबरी खेलेको छ। एजेन्सी
Facebook Comments


























