मोरङ, मंसिर २० । मोरङको सुनवर्षी नगरपालिका–५ बाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार मण्डल रहेका छन्। सुनवर्षीको झुँगी चोकबाट उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
पक्राउ परेका मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ। भारतको भागलपुरबाट उनले बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। मण्डलविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गतको मुद्दा चलाइने एसपी खड्काले जानकारी दिए।
Facebook Comments


























