बाग्लुङ, मंसिर १८ । बाग्लुङमा ४ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ। गलकोट नगरपालिका ४ खरुवा पाखापानीस्थित झाडीमा लुकाई राखेको ४ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो।
प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई राखेको उक्त हतियार फेला पारी बरामद गरेको हो। बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























