मंसिर १८ । घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट सुरुवात गरेको छ। ह्यामिल्टनमा बिहीबार पहिलो दिनको खेल सकिदा न्युजिल्याण्डले २ विकेट गुमाएर २ सय ४३ रन बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका कप्तान केन विलियम्सन ९७ रनमा अविजित रहदै क्रिजमा रहेका छन्। कप्तानलाई रोस टेलरले ३१ रन बनाएर साथ दिईरहेका छन्। यस अघि टम लाथम ८६ रनको अर्धशतकीय इनिङ्स खेलेर आउट भए। ओपनर विल योङ भने ५ रनमा पेभेलियन फर्किए।वेस्ट इन्डिजका केमार रोच र शानोन ग्राबियलले १/१ विकेट लिए।
न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ। यस अघि वेस्ट इन्डिजले टी-ट्वान्टी सिरिज गुमाएको थियो। एजेन्सी
Facebook Comments


























