पर्सा, मंसिर १८ । पर्साको बहादुरमाई नगरपालिका-६ गमरीयाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको हो।
मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको हो। करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि तराई अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
Facebook Comments


























