काठमाडौं, मंसिर १८ । सुनको भाउ बिहीबार पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० रुपैयाँ कायम भएको छ। बुधबाबर तेजावी सुनको भाउ प्रतितोला ९० हजार ५५० रुपैयाँ थियो। यता, बिहीबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।
Facebook Comments


























