काठमाडौं, मंसिर १८ । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन्। केही समयदेखि प्रेममा रहेकी श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन्। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्।
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो। स्वेताको यो विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने जनाइएको छ।
Facebook Comments


























