काठमाडौं, मंसिर १८ । सरकारले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइनमार्फत आवेदन खुला गरेको विज्ञप्तिमा उल्लेख छ।
विभागका अनुसार चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फारम दर्ता प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम खुल्ला गरिनेछ। यदि कोही व्यक्ति आवेदन दिन इच्छुक भएको खण्डमा उसले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सम्पर्क गरी आवेदन दिन सक्ने जनाइएको छ।
त्यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत तथा सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।

Facebook Comments


























