धनगढी, मसिर १८ । कैलालीमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन्। गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ ज १२५४नम्बरको गाडी दुर्घटना भएको हो।
दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन्। बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ। रासस
Facebook Comments


























