मंसिर १६ । कोरोना भाइरसको संक्रमण फैलदै गएपछि बेलायतले दोस्रो पटक गरेको लकडाउन हटाउने तयारी गरेको छ। बेलायतले क्रिसमसका बेला लकडाउन खुकुलो बनाउन लागेको हो। बेलायत सरकारले डिसेम्बर २ मा लकडाउन हटाउने भएको हो। यद्यपि अझै पनि जोखिम र सङ्क्रमण वृद्धि भइरहेका स्थानमा भने अरू प्रतिबन्धहरू कायम नै हुनेछन्।
लकडाउन हटाउने योजनासहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत साता ‘कोभिड विन्टर प्लान’ घोषणा गरेका थिए। सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ।
अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन्। कोभिड-१९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म देशब्यापी लकडाउन गरेको थियो। यसअघि मार्च अन्तिम हप्तादेखि त्यहाँ पहिलो पटक करिव तीन महिना लकडाउन गरिएको थियो। एजेन्सी


























