चितवन, मंसिर १५ । राप्ती नगरपालिकामा १० शैय्याको अस्पताल भवनको आज (सोमवार) शिलान्यास भएको छ। राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले अस्पताल भवनको शिलान्यास गरेकी हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट राप्ती नगरपालिकामा अस्पताल निर्माका लागि रु ८५ लाख यसै आर्थिक वर्षका लागि विनियोजन भएको छ। अस्पताल नव निर्मित नगरपालिका कार्यालय भवनको पछाडी पश्चिम तर्फ बन्न लागेको हो।

Facebook Comments


























