काठमाडौं, मंसिर १५ । राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो। राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा नाराबाजी समेत भएको थियो। प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो।

Facebook Comments


























