काठमाडौं, मंसिर १४ । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो काठमाडौँ आइपुगेका छन्। २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी नेपाल आएका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा गएर उनले दिउँसो २ बजे प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ। जंगीअड्डामा नेपाली सेनाको टोलीले फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ।
लगत्तै उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन्। बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन्। त्यसपछि उनी आजै साँझ स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।


























