मंसिर १३ । श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ। श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएका छन्।
विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिए। उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ। साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए।
सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ। खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउना साथ जतिसक्दो छिटो आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए। एजेन्सी


























