मंसिर १२ । भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ। भेनेजुएलाको सर्वोच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन्।
उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए। उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो। पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजायँ सुनाइएको थियो।
ती मध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ। उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन्। अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो। एजेन्सी
Facebook Comments


























