काठमाडौं, मंसिर १० । नेपालले वर्षेनी वैदेशिक व्यापारमा ठूलो घाटा व्यहोर्दै आएको हामी सबैलाई जानकारी छ। नेपालले विदेशबाट खाद्यान्न, लत्ताकपडादेखि, औषधि तथा अन्य धेरै सामग्रीको आयात गर्छौं। त्यसको तुलनामा नेपालबाट निकासी हुने वस्तुहरूको सूची र परिमाण थोरै छ।
त्यही विदेशतर्फ निकासी हुने थोरै वस्तुहरूको सूचीमा पानको पात पनि समेटिएको भन्सार विभागले जानकारी दिएको छ। विभागका अनुसार साउनदेखि कात्तिकसम्मा नेपालबाट बेलायततर्फ ११ लाख ८१ हजार रूपैयाँ बराबरको पानको पात निकासी भएको छ। यस अवधिमा दुई हजार ६४६ किलो पानको पात निकासी भएको हो।
Facebook Comments


























