काठमाडौं, मंसिर १० । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँका नयाँ नोट बजारमा पठाएको छ। राष्ट्र बैंकले पहिलेकै आकार र रंगमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४९९९९९९ सम्म राखेर बजारमा पठाएको जनाएको छ।
पाँच रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ। यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ।
यस्तै १० रुपैयाँको नोट पनि पहिलेकै रंग र आकारमा संकेत नम्बर ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म राखेर बजार पठाइएको राष्ट्र बैंकले जनाएको छ। नोटमा पहिले जस्तै अग्रभागको दायाँतर्फ लालीगुराँसको पानी छाप बायाँतर्फ सगरमाथा, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ। यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ।


























