काठमाडौं, मंसिर १० । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ। उनको उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको हो। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।
बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो। प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ।
Facebook Comments


























