मंसिर ९ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ। गएराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए। खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ। वुल्भ्स् भने १४ अंकसहित नवौँ स्थानमा छ।
यस्तै, गएराति भएकै अर्को खेलमा बर्नलीसँग क्रिस्टल प्यालेस पराजित भएको छ। बर्नलीले क्रिस्टललाई एक शून्य गोल अन्तरले हराएको हो। खेलको आठौं मिनेटमा बर्नलीका क्रिस उडले गरेको गोल नै उसका लागि निर्णायक गोल बन्योे। जारी लिगमा बर्नलीको यो पहिलो जित हो। बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ। क्रिस्टल ९ खेलमा १३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























