बुटवल, मंसिर ८ । रुपन्देहीमा सोमवार भएको मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा ७ भलवारीमा लु २४ प ७५०६ नम्बर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुुँदा २ जना युवाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ का २७ वर्षीय विकास चौधरी र २० वर्षीय हरि गुरुङ छन्। मोटरसाइकल बुटवलबाट भैरहवातर्फ जाँदै गरेको गरेको थियो। दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका लागि क्रिमसन अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्कप्रसाद खत्रीले जानकारी दिए। रासस
Facebook Comments


























