काठमाडौं, मंसिर ८ । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा डाकिएका खेलाडीको कोरोना (पीसीआर) परिक्षण भोलि गर्ने भएको छ। नेपाली राष्ट्रिय टिमका फिजियो बिक्रम न्यौपानेले खेलाडीको पीसीआर परिक्षण सरेको जानकारी गराए।
‘आज भनिएको खलाडीको पीसीआर भोली त्रिवि मैदानमा हुने छ। स्टार हस्पिटलमा खेलाडी लगेर पीसीआर गराउनु भन्दा हस्पिटलका कर्मचारीलाई त्रिवि मैदानमा ल्याएर सबैको पीसीआर गराउने तयारीमा हामी रहेको कारण पीसीआर जाँच सरेको हो,’ न्यौपानेले भने।
क्यानले यस अघि खेलाडीको पीसीआर परिक्षण आज सोमबार गर्ने बताएको थियो। यस्तै न्यौपानेले बन्द प्रशिक्षणका लागि सबै खेलाडीहरु काठमाडौं आइपुगेको जानकारी दिए। क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ। नेपाली टिमको प्रशिक्षण मंसिर १० गतेबाट सुरु हुँदैछ।
कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो। नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ।


























