हेटौंडा, मंसिर ८ । मकवानपुर प्रहरीले नियन्त्रित लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–७ घर भएका २३ वर्षीय तीर्थराज चेपाङ छन्। ४६ किलो गाँजाको भारी सहित मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पुर्व–पश्चिम लोकमार्ग (सडक खण्ड) मा बसिरहेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो।
चेपाङ जेब्रा झोला र प्लास्टिकको बोरा छेउमा राखेर सडक किनारमा बसेका थिए। इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शंकाको आधारमा चेक गर्दा चेपाङले साथमै राखेको झोला तथा बोरामा ४६ किलो गाँजा फेला परेको हो। प्रहरीले जाँजासहित फेला परेका चेपाङलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ।
Facebook Comments


























