झापा, मंसिर ८ । झापाको दमक १ का एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतकी हत्या गरेका छन्। दमक १ का चुडामणी भण्डारीले श्रीमती टीकामाया पौडेलको कमल ६ स्थित खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। आइतबार साँझ भण्डारीले अन्दाजी ३५ वर्षीया श्रीमती टीकामायाको हत्या गरेको प्रहरीले जनाएको छ।
अर्कैसँग लागेर आफूले वैदेशिक रोजगारीमा कमाएको पैसा सकाएको आरोपमा उनले श्रीमतको हत्या गरेको उनले प्रारम्भीक बयानमा बताएको दमक प्रहरीले जनाएको छ।
Facebook Comments

























