काठमाडौं, मंसिर ७ । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७७८.१२ बिन्दुको सुरु भएको कारोबार ४.६९ विन्दुले वृद्धि भई १७८२.८१ मा पुगेको छ।
यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ उपसमुह उकालो लागेको छन्। यस्तै आज कारोबारमा आएका कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु छ अर्ब ९० करोड ६७ लाख २८हजार ३१५ बराबरको कारोबार भएको छ।
Facebook Comments


























