काठमाडौं, मंसिर ७ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँ पुगेको हो।
यसैगरी तेजाबी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको छ। यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
Facebook Comments


























