काठमाडौं, मंसिर ७ । तापक्रम घट्दै जाँदा देशभर चिसो बढेको छ। आज कर्णाली कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुनेछ।
महाशाखाका अनुसार आज बिहान साढे ८ बजे काठमाण्डौको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ। आज काठमाडौँको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियससम्म हुन सक्ने अनुमान गरिएको छ। बिहानको मापनअनुसार सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।
Facebook Comments


























