मंसिर ५। सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको तीस लाख थान ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ।
बैंकले सर्वसाधारणसमक्ष एनएमबी क्यापिटल लिमिटेडमार्फत ३० लाख थान ८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४ खुला बिक्री आह्वान गरेको थियो। यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ।
ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए।
Facebook Comments


























