बुटवल, मंसिर ५ । बाघको छालासहित ४ जना बुटवलमा पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बुटवलका ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ का २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन्।
बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए। उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाइ र एक फिट ३ इन्च चौडाइको एकथान बाघको छाला बरामद गरेको छ।
Facebook Comments


























