मंसिर ५ । विश्व नम्बर दुई स्पेनिस राफायल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। लण्डनमा बिहीबार राति भएको खेलमा ग्रिसका स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन्।
३४ वर्षीय नाडालले स्टेफानोसविरुद्ध ६-४, ४-६ र ६-२ को सेटमा जित निकाले। २० पटकको ग्राण्डस्लाम विजेता नाडालले सेमिफाइनलमा रुसका डानिल मेदभेदेबसँग खेल्ने छन्। मेदभेदेब यस अघि नै सेमिफाइनलमा पुगिसकेका छन्। एजेन्सी
Facebook Comments


























