चितवन, मंसिर ४ । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गोरखाको सिरानचोक गाउँपालिका ७ की ८४ वर्षीया महिलाको आज बिहान पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।
निमोनियाँसम्बन्धी समस्या भई कात्तिक २८ गते पुरानो मेडिकल कलेज भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए। ती महिलाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो। अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार हुँदै आएको थियो।
Facebook Comments


























