मंसिर ४ । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भईसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सेवा प्रस्तुत गरेको छ।
ग्राहकमहानुभावहरुले २४ अै घण्टा ७ अै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ। बचत खाता एनएमबिको सोशल अनबोर्डिंग अन्तर्गत खोलिने छ र मासिक क्रेडिट कारोवारको थ्रेसहोल्डको साथ कारोवारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन ५ हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको छ। ग्राहकवर्गले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य धेरै सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराईएको छ।
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं। आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न २४ अै घण्टा बचत खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो। हालको परिप्रेक्ष्यमा यो सेवा मार्फत सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


























