मंसिर ४ । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन्। होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ। सम्झौता रकम भने खुलाईएको छैन। सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्। यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए।
सन्दीपले यस अघि बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन्। गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्न फाइनल पुगेको थियो।
‘बीबीएल १० को लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु। अष्ट्रेलियामा मैले सधै माया र सम्मान पाएको छु,’ सम्झौतापछि २० वर्षे सन्दीपले भनेका छन्, ‘म ब्लन्डस्टोन एरिनामा खेल्नका लागि कुर्न सक्दिन छैन।’
होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए।
‘हामी देखेका छौँ कि सन्दीपले रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्न सक्छन। इनिङ्सको कुनै पानी चरणमा बलिङ गर्न सक्छन। उ एक विकेट टेकर हो जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछ,’ उनले भनेका छन्।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ। यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन्। यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो। एजेन्सी


























